मधेश दिवस मनाउने आयोगको निर्णय, छलफलपछि मिति तोकिने

मधेश दिवस मनाउने आयोगको निर्णय, छलफलपछि मिति तोकिने

केन्द्रबिन्दु
0
Shares

मधेशी आयोगले मधेश दिवस मनाउने निर्णय गरेको छ ।

आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा आयोगले मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरुसँग छलफल गरे अनुरुप मधेश दिवस मनाउने निर्णय गरेको हो । 

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पूर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल, पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्व सदस्य ब्रह्मदेव राय, पूर्व सांसद सकलदेव सुतिहारसहितका विज्ञहरुसँग आयोगले मधेश दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ  । 

आयोगले नेपाल र नेपाली, मधेश र मधेशीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरु मध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरुमा सरोकारवालाहरुसंँग गहन छलफल गरी सो मितिमा मधेश दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ  । 

आयोगले सबै सरोकारवालाहरुसँग मधेश दिवस मनाउन उपयुक्त मिति सम्बन्धि राय/सुझाव समेत सो प्रेस विज्ञप्ति मार्फत माग गरेको छ  । 

Skip This
Skip This
Logo