नेपाली शान्ति सैनिकको संख्या १० हजार पु-याउने रक्षामन्त्रीको प्रतिवद्धता

नेपाली शान्ति सैनिकको संख्या १० हजार पु-याउने रक्षामन्त्रीको प्रतिवद्धता

केन्द्रबिन्दु
0
Shares

रक्षामन्त्री पूर्णबहादूर खड्काले शान्ति सेनामा नेपाली सेनाको संख्या १० हजार पु-याउने तयारी भइरहेको बताएका छन् । 

सोमवार बजेटबारे मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरि शान्तिसेनामा नेपाली सेनाको संख्यालाई ६ हजारबाट बढाएर १० हजार पु-याइने जानकारी दिए । 

उनले भने,‘अहिले हामी ६ हजारको हाराहारीको संख्यामा नेपाली सेनालाई शान्ति सेनामा खटाएका छौं । संयुक्त राष्ट्र संघको आह्वानमा १० हजारको संख्यामा सेना पु-याउन सक्ने तयारीमा छौं ।’ 

त्यस्तै मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको आग्रहमा २ हजारको संख्यामा शान्ति सेना तयारी अवस्थामा राखेको र त्यसमा सेनाको उपल्लो दर्जालाई समेत समेटिने गरी कार्य गरिरहेको बताए ।‘रक्षा र परराष्ट्र मन्त्रालयले कुटनीतिक माध्यमबाट नेपाली सेनाको उपल्लो दर्जामा नेतृत्वको पहुँच पु-याउने गरी संयुक्त राष्ट्र संघको सम्बन्धित संस्था र सम्बन्धितपदाधिकारीसंग सेनाबारे पहलजारी राखेका छौं ।’

Logo