प्रतिनिधिसभा सदस्य दीपक गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। प्रतिनिधिसभा सदस्य गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको उनको भनाई छ।
आफ्नो गृहजिल्ला दाङमा केही दिनअघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समीर केसीको मृत्यु भएको भन्दै उनीहरूको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरेका छन्।































प्रतिक्रिया