पर्यटनमन्त्रीविरुद्ध संविधान र कानुनको धज्जी उठाउँदै हेलीपोट निर्माण गर्न दिएको आरोप

पर्यटनमन्त्रीविरुद्ध संविधान र कानुनको धज्जी उठाउँदै हेलीपोट निर्माण गर्न दिएको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संविधान र कानुनको धज्जी उठाउँदै हेलीपोट निर्माण गर्न दिएको आरोप लगाएका छन्। आज प्रतिनिधि सभाको बैठकमा भाग लिँदै उनले यस्ताे आरोप  लगाएका हुन्। 

उनले भने, ‘माननिय मन्त्री ज्यूले काठमाडौँका एयरपोर्टमा ट्राफिक जाम भयो, ठाउँ छैन भन्नुभयो । तर, उहाँलाई थाहा छ कि छैन ? नलिन चोकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले १७ वटा हेलिकोप्टर रात्री विसान हुने गरी निर्माणको अन्तिम चरणमा छ । त्यो देख्दादेख्दै उहाँले कानुन र संविधानमा हुँदै नभएको व्यवस्थाको धज्जी उडाउँदै उहाँले हेलीपोट दिने निर्णय गर्नु भएको छ । यो लज्जास्पद छ । यो निर्णय फिर्ता लिन म माननीय मन्त्री ज्यूलाई आह्वान गर्न चाहन्छु।’

Skip This
Skip This
Logo