नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट उपचार खर्चवापत १ लाख रुपैयाँ दिलाउन आदेश दिएकाे हो। अदालतले माग गरे बमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आज न्यायाधीश पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ भएकाे हाे।
गौशला २६ ले करिब ३६ हजारको मात्रै बिल पेश गर्न सकेकी थिइन् । उनले मनोपरामर्शदातासँग प्रत्येक भिजिटको ३ हजारको दरले १० भिजिटको ३० हजार र औषधि उपचारको ६ हजार रुपैयाँ खर्च देखाएकी थिइन् । यसअघि गौशला २६ ले सन्दीपबाट एक मुष्ट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन् । तर, अदालतले खारेज गरेको थियो।































प्रतिक्रिया