मस्यौदा विधान माथी समूहगत छलफलमा उठेका प्रश्नमा अध्यक्ष यादवले जवाफ दिने

मस्यौदा विधान माथी समूहगत छलफलमा उठेका प्रश्नमा अध्यक्ष यादवले जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज सकिँदैछ । गत आइतबार देखी सुरु भएको विधान अधिवेसन पूर्ववतः तालिका अनुसार आज समापन हुँदैछ।  आजको बैठकमा  मस्यौदा विधान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ। 
 
गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहबाट समुहगत धारणा राखे पछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित विधान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् । 

उनका अनुसार प्रस्तावित विधानमा ७० बर्षे उमेर हदको प्राबधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ। उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

Logo