बागमती प्रदेश सभाको बैठक आज बस्दै

बागमती प्रदेश सभाको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हाे।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/०८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको छ ।

यही असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरू टेबुल गरिएलगत्तै प्रदेश सभाको अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए।

Logo