सांसद गौतमकाे प्रश्नः शिव भगवानले मलाई सुनको जलहरी चाहियो भनेका थिए ?

सांसद गौतमकाे प्रश्नः शिव भगवानले मलाई सुनको जलहरी चाहियो भनेका थिए ?

केन्द्रबिन्दु
0
Shares

सांसद प्रतिमा गौतमले पशुपतिनाथलाई समेत विवादमा ल्याएर सबै हिन्दुहरुको भावनामा चोट पुर्याइएको दुखेसो गरेकी छन् । 

आज मंगलवार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सांसद गौतमले धर्मको नाममा भएको नौटंकी बन्द गर्नुपर्ने भन्दै चढाएको सबै सुन राज्यकोषमा दाखिला हुनेगरी पशुपतिनाथको पुरानै मौलिक स्वरुप देखिने अवस्थामा राख्न माग गरिन्। 

‘शिव भगवानले मलाई सुनको जरहरी चढाउनु भनेर भनेको थियो कि? ’ उनले भनिन्, ‘पशुपतिनाथलाई समेत विवादमा ल्याएर सबै हिन्दुहरुको भावनामा चोट पुग्ने काम भएको छ । गर्भ गृहमा रहेको शिवलिङ्गलाई छुन त हुदैँन भन्ने हाम्रो मान्यता छ, धर्मको नाममानौटंकी बन्द गराई चडाएको सबै सुन राज्यकोषमा दाखिला हुनेगरी पशुपतिनाथको मौलिक स्वरुप देखिने गरि पुरानै अवस्थामा राख्न आग्रह गर्न चाहान्छु ।’

उनले ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै परिक्षण गर्दा १३ जनाको नाम जलहरीमा लेख्ने काम अति निन्दनीय र भत्र्सनायोग्य भएको बताइन् । 

Skip This
Skip This
Logo