यस वर्षको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई

यस वर्षको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई

केन्द्रबिन्दु
0
Shares

यस वर्षको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार डा. मिङमार गेल्जेन शेर्पा र निरु कुमारी मगरलाई प्रदान गरिने भएको छ । 

मदन भण्डारी फाउन्डेसनले समाज रुपान्तरण र विकासमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्ने सोलुखुम्बुकाे सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लु निवासी शेर्पा र मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर निवासी मगरलाई प्रदान गर्ने निर्णय गरेको हो ।  

शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको  क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरीव, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम,दूर्गम जिल्लाहरूमा टेलिमेडिसिन सेवालगायतमा महत्वपूर्ण नेतृत्व गरेका छन् । 

साथै मगरले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठीन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बावजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्न  स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलताको मानकहरू कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै आएकी छन् । 

पुरस्कृत हुने उनीहरुलाई यही असार महिनाको १४ गते मदन भण्डारीको ७२अ‍ौं जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमकावीच जनही १ लाख नगद सहितको सम्मान–पत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

Logo