९ अंकले बढ्यो शेयर बजार, लघुवित्तमा झुम्मिए लगानीकर्ता

९ अंकले बढ्यो शेयर बजार, लघुवित्तमा झुम्मिए लगानीकर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको पहिलो दिन शेयर बजारमा सुधार देखिएको छ । लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएपछि बजारमा सुधार देखिएको हो ।

आइतबार शेयर बजार ९.०२ अंकले बढेर १ हजार ३४०.२९ विन्दुमा पुगेको छ । आइतबार लघुवित्त उपसमूहको परिसूचक ३.६७ प्रतिशत बढेको छ । यस दिन १ अर्व ११ करोड १० लाख ९० हजार २ सय ७२ रुपैँयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, २६ लाख ७८ हजार ५ सय ७ कित्ता शेयरको कारोबार भएको छ भने १६ हजार ८ सय २६ वटा कारोबार भएका छन् ।

नेप्सेका अनुसार आइतबार सूर्योदय, स्वरोजगार, गणपति, मिथिला तथा एनआईसी एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कारोबार बढ्ने १० कम्पनीहरुको सूचीमा लघुवित्त कम्पनी ९ वटा परेका छन् । आइतबार कारोबारमा आएका १२ उपसमूह मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।

जीवन बीमाको २.४६, निर्जीवन बीमाको १.३१, अन्यको १.०३, वित्तको १, उत्पादन तथा प्रशोधनको ०.६४ र व्यापारको ०.१२ प्रतिशत कारोबार बढेको नेप्सेले जनाएको छ । तर होटल उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.४८ प्रतिशत घटेको छ । नेप्सेका अनुसा तिनाउ मिसन डेभलपमेन्ट बैंक तथा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको देखिएको छ । त्यसैगरी, सोल्टी होटल, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र राधी विद्युत कम्पनीको शेयरमूल्य घटेको छ ।

Logo