अमेजनमा ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान

अमेजनमा ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान

केन्द्रबिन्दु
0
Shares

अमेजनको जंगलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ। 

यस उद्धार अभियानलाई अपरेशन होप नाम दिइएको थियो र यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई 'अर्डर अफ बोयाका'  नामक अवार्ड दिइएको थियो। यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो।

अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने,'पदक त एउटा प्रतीक मात्र हो। वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेशनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौँ भनेर प्रमाणित गरे'।

उनले भने,'अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी छैन। दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएका छन्।' यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो। यो कुकुर जंगलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो। फेला पार्न अपरेसन पनि सुरु गरिएको छ। तर, कोलम्बियाका एक सैन्य अधिकारीले भने– अहिले विल्सन फेला नपरोस् भन्ने डर छ।

उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए।अमेजन जंगलमा प्लेन दुर्घटना हुँदा हराएका ४ जना बालबालिकालाई ४० दिनपछि जिवितै भेटिएको थियो, जसले संसारलाई नै चकित पारेको थियो।  

Skip This
Skip This
Logo