आगामी आर्थिक वर्षको बजेट पास गर्न सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) सहमत भएको छ। एकीकृत समाजवादीले बजेट वितरण समानुपातिक नभएको भन्दै पास गराउन नदिने बताउँदै आएको थियो।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बजेट पास गर्ने सहमति जुटेको हो। बजेटमा रहेको भौगोलिक असन्तुलन कुनै न कुनै ढंगबाट सम्बोधन गर्न एकीकृत समाजवादी, प्रधानमन्त्री र अर्थमन्त्रीबीच समझदारी भएपछि बजेट पास गर्ने सहमति जुटेको हाे।































प्रतिक्रिया