प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो कामको लागि सक्दो प्रयास गरिहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा एमाले सांसद रघुजी पन्तले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले भइरहेका कामबाट आफू पूर्ण सन्तुष्ट नरहेको तर राम्रो गर्ने प्रयासमा रहेको बताएका हुन् । ‘रघुजी पन्तले तपाई सन्तुष्ट हुनुहुन्छ प्रधानमन्त्री कार्यलय यो सबैबाट भन्नु भएको छ । वास्तवमा म सन्तुष्ट छैन । तर सन्तुष्ट हुन केही नयाँ गर्न चाहेको छु ।’ उनले भने, ‘रघुजी जस्ता माननीय सदस्यहरुले राम्रो सुझाव दिनु भयो भने म पालना गर्छु ।’
त्यस्तै प्रधानमन्त्री प्रचण्डले इपीजी प्रतिवेदन र भारतसंगको सिमा समस्याको विषयमा सरकारले गम्भिरतापूर्वक काम थालेको बताए । ‘इपीजी प्रतिवेदनमा यो पटक मैले आफ्नो ढंगले छलफल अगाडि बढाएको छु । र मलाई विश्वास छ केही समय भित्र यो बुझ्ने काम हुन्छ भन्ने विश्वास बोकेर आएको छु मैले । तर म माननीय ज्यूलाई के भन्न चाहान्छु भने अघिअघि पनि प्रधानमन्त्री थ्यो, मन्त्रीहरु थिए उहाँहरुले सबै भ्याईदिएको भए त मैले गर्नै पर्दैन थ्यो नी ।’ उनले भने ।





























प्रतिक्रिया