एमाले र रास्वपाकाे अवरोधपछि संसद बैठक स्थगित

एमाले र रास्वपाकाे अवरोधपछि संसद बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट हुबहु पारित गर्न खोजेको भन्दै नेकपा एमालेसहित प्रतिपक्षी दलले अवरोध गरेका छन् । 

बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले अवरुद्ध गरेपछि बैठकलाई सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन मातहत राख्ने बजेट वक्तव्यको बुँदा संशोधन हुनुपर्ने माग राख्दै सांसदहरूले विरोध जनाएका हुन् । अर्थमन्त्री प्रकाशशरण महतले यसअघि नै संशोधन गर्ने प्रतिबद्धता जनाएपनि त्यसलाई वैधानिक प्रक्रियाबाट सदनमा नल्याएको भन्दै अवरुद्ध गरेका हुन् । 

Logo