मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित फेला !

मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित फेला !

केन्द्रबिन्दु
0
Shares

पाल्पा ।

पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो । केही दिन अघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरणको लास भनी आफन्तले दाहसंस्कार गरेका थिए ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको तिमिल्सिनालाई जानकारी गराएका थिए ।रासस

Skip This
Skip This
Logo