नेपालसहित विदेशमा एकैसाथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्नसक्ने छन्।
‘प्रेम गीत ३’ यही असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा मा पनि यो चलचित्र उपलव्ध हुनेछ । यो चलचित्र उपलव्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।
डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।





























प्रतिक्रिया