अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले राष्ट्रको हितलाई हेरेर कर निर्धारण गरेको जिकीर गरेका छन् ।
आर्थिक विधेयक २०८० माथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले आफूले कुनैपनि घराना र धनाढ्यको मुख हेर्ने भन्दा पनि राष्ट्रको आवश्यकतालाई हेरेको जिकीर गरेका हुन् ।
उनले भने, ‘कर प्रस्तृत गर्दा मैले कुनै विषय, समुह, कुनै घराना, कुनै व्यक्तिको मुख हेर्ने भन्दा पनि अहिलेको आवश्यकता के छ । कस्तो खाले कर प्रस्ताव गर्दा हामीले यो अर्थतन्त्रलाईसमस्यामा पार्दैनौं । र आर्थिक गतिविधीमा पनि नकारात्मक प्रभाव पर्दैन यसैलाई मध्यनजर गरेर करको प्रस्ताव गरेको हो ।’
अर्थमन्त्री महतले केही व्यापारिक घरानाको हितमा काम गरेको भन्ने आरोपको ठाडै अस्वीकार गरे ।





























प्रतिक्रिया