प्याजमा हामी आत्मनिर्भर बन्नै‍पर्छः अर्थमन्त्री महत

प्याजमा हामी आत्मनिर्भर बन्नै‍पर्छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न विदेशबाट ल्याइने प्याजमा कर लगाइएको जिकिर गरेका छन् । 

आर्थिक विधेयक २०८० माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आलु र प्याजमा आत्मनिर्भर बन्नका लागि विदेशबाट आउने आलु प्याजमा कर लगाउने निर्णय गरिएको बताए ।

‘आलुमा हामी आत्मा निर्भर छौं र प्याजमा पाि आत्मा निर्भर हुनै पर्छ । एकातिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारबाट जो आउँछ कर लागाउँछौं।’ उनले भने, ‘प्रश्न उठेको छ आन्तरिक उत्पादनमा पनि त लाग्ने भो नी ? त्यसको के हुन्छ ? हाम्रा उत्पादकहरु साना साना छन् । ठुलो स्केलमा एउटैले उत्पादन गर्दैन् । सप्लाएरहरु पनि साना साना छन् । कृषक विभिन्न ठाउँमा छन् । उनीहरु भ्याटको परिधी भित्र आउँदैनन् ।’

अर्थमन्त्री महतले आन्तरिक उद्योग र कृषि उपजलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको जिकिर गरे । 
 

Logo