बजाज बाइकको पल्सर एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ खुला भएको छ । नेपाली बजारका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बुकिङ खुला गरेको हो ।
नेपालभर रहेका बजाजका शोरुममार्फत यी बाइक बुकिङ गर्न सकिने छ ।
हाल बजारमा बजाज पल्सर एनएस २०० बीएस६ को मूल्य ४ लाख २४ हजार ९ सय र एनएस १६० बीएस६ को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ । केही समयपश्चात यी बाइक बिक्रीका लागि उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार यी नयाँ बाइकमा भएको मुख्य परिवर्तन फ्रन्टमा ३३ एमएमको नयाँ अपसाइड डाउन फोर्क रहेको छ । आल्मुनियमबाट बनेकोले यसले तौल घटाउनमा समेत सहयोग गर्छ । अलोय ह्विल पनि पहिले भन्दा हलुका छ भने फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक छ । यसमा अब गियर पोजिसन इन्डिकेटर, फ्युल इफिसियन्सी, डिस्टेन्स टु इम्पटीलगायत सिफचर पनि उपलब्ध हुने बताइएको छ ।





























प्रतिक्रिया