नेपाली बजारमा पहिलोपटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स३ भित्रिने भएको छ ।
नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले सो इलेक्ट्रिक एसयूभी भित्र्याउने तयारी गरेको हो । नेपाली बजारमा बीएमडब्ल्यु आईएक्स३ को एम स्पोर्ट्स भेरिएन्ट उपलब्ध हुने बताइएको छ । यसको मूल्य आधिकारीक रुपमा घोषणा नभएपनि २ करोड रुपैयाँ भन्दा बढी पर्ने अनुमान गर्न सकिन्छ ।
कम्पनीको अनुसार बीएमडब्ल्यु आईएक्स३ मा २१० किलोवाटको मोटर हुनेछ । यसमा ८० किलोवाट आवरको ब्याट्री हुनेछ, जसले सिंगल चार्जमा ४६० किलोमिटर सम्मको रेन्ज दिनेछ । यसले २८६ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । यसलाई ११ किलोवाटको एसी र १५० किलोवाटको डीसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिन्छ । १८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ६.८ सेकेन्डमै लिनसक्ने कम्पनीले जनाएको छ ।
साथै यस इलेक्ट्रिक कारमा विभिन्न आकर्षक फिचर र प्रविधि प्रयोग गरिएको छ । यसको वाहिरी भागमा हाई बिम असिस्टेन्स सहितको एडेप्टिभ हेडलाइट र लोगो तथा बीएमडब्ल्युको पहिचान झल्काउने विभिन्न फिचर छन् ।
सुरक्षाका लागि यसमा एक्टिभ प्रोटेक्सन, एडेप्टिभ सस्पेन्सन, एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, हेडअप डिस्प्ले, ब्रेक इनर्जी रिजेन, ब्रेक प्याड वेयर इन्डिकेटर, क्र्यास सेन्सर, ब्रेकिङ फङसन सहितको क्रुज कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टिङ, पार्किङ असिस्टेन्स प्लस, रेन सेन्सर लगायतका विभिन्न फिचर रहेकाे कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया