नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख ९ हजार ४ सय रूपैयाँमा कारेवार भइरहेकाे छ।
साथै तेजाबी सुन १ लाख ८ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। बिहीबार चाँदीको भाउ ५ रूपैयाँले घटेकाे छ। बुधबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया