नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञान, बुद्धि र विवेक हुने विद्यार्थी जहाँ पनि सफल हुने बताएका छन्। बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले गुरु र चेलाको सम्बन्धको परिभाषा नै फेरिएको बताएका हुन्।
उनले गुरु कुट्ने चेलाको मुद्दा सरकारले भाग लिन कार्य गलत भएको उल्लेख गर्दै विद्यार्थीले संस्कृति र शिष्टता विर्सन नहुने बताए। उनले ‘हाम्रो देश जस्तो सभ्यताको जगमा उभिएको देशमा अहिले गुरु कुट्ने प्रवृत्ति छ। र त्यस्तो व्यक्तिहरुलाई साथ दिएर सरकारले मुद्दा फिर्ता लिन्छ। विद्यार्थीले शिक्षक कुट्न पाइन्छ भनेर भन्छन्। शिक्षक हाम्रो खालको होइन् रहेछ, शिक्षक हाम्रो खालको रहेछन् पड्काउन मिल्छ भनेर भन्छ सरकारले, मुद्दा फिर्ता लिन्छ। उनीहरुको नाम विद्यार्थी हुन्छ तर उनीहरु विद्यार्थी होइन्, बाहिर सडकका हुन्छन्। यस्तो संस्कारबाट हामी जोगिनुपर्छ संस्कृति, शिष्टता अरुका लागि होइन्, आफ्नै लागि हो।’
अध्यक्ष ओलीले नेपालमा विकासका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै बाटो, भवन र विश्वविद्यालय बनाउन आवश्यक रहेको बताएका छन्।उनले भने ‘नेपालमा उत्पादन वृद्धिदर १० प्रतिशतभन्दा माथि लान सकिन्छ किनभने विकासको तह धेरै तल छ त्यसलाई माथि लान सकिन्छ। देशलाई माया नगर्ने जुन चलन छ, त्यो होईन् नयाँ पीडिले देशप्रति गर्व गर्नुपर्छ। हाम्रो शिक्षा जीवनोपयोगी र समाजमा उपयोग गर्न मिल्ने हुनुपर्छ।’
राम्रो काम गर्न संगत पनि राम्रो मान्छेको चाहिने चर्चा गर्दै अध्यक्ष ओलीले नराम्रो संगतले नराम्रो नै फल दिने बताए। उनले भने ‘अवसरले मानिसलाई प्रतिभावान बन्ने मौका दिन्छ। एउटा संकल्प हरेकले गर्न जरुरी हुन्छ। म राम्रो काम गर्छु, राम्रो मान्छे हुन्छु भनेर भन्न केही गारो छैन् तर त्यसमा काम गर्न गारो छ। म आग्रह गर्न चाहन्छु, राम्रो काम गर्नु संगत पनि राम्रो मानिसको गर्नुपर्छ। नराम्रोको संगतले नराम्रो तर्फ नै लान्छ। एउटा अठोट गर्नुस मेरो जीवनमा कुनै पनि पाईला नराम्रो काम तर्फ जाने छैन सधैँ राम्रो कार्य तिर जाने छ।’
अध्यक्ष ओलीले नेपाल कहिले पनि मरुभूमि हुन नसक्ने चर्चा गर्दै अत्यन्त रसिलो, उर्वर, जीवमय सबै जना बस्न सक्ने असाधारण जीवमय धर्तीमा आफूहरु जन्मिएकाले यस्काे दीगो विकासको सम्भावना रहेको बताए।





























प्रतिक्रिया