‘दर्पण छाया २’का सहारा र फिरोजले कसे लगनगाँठो

‘दर्पण छाया २’का सहारा र फिरोजले कसे लगनगाँठो

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले विवाह गरेका छन् । गत सोमबार अमेरिकामा लगनगाँठो कसेका हुन् ।

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । उनीहरूको विवाह समारोहमा दुई पक्षका सीमित परिवार सदस्यको उपस्थिति थियो ।

‘दर्पण छाया २’मा सहाराले अभिनेता पुष्प खड्काको अपोजिटमा अभिनय गरेकी थिइन् भने उनीहरूको घनिष्ठ साथीको भूमिकामा फिरोज थिए । साथै सहारा र फिरोजले केही म्युजिक भिडियोमा समेत सँगै काम गरेका छन् । 

Logo