कोशीमा कांग्रेसले भन्यो- आवश्यक परे मध्यावधिमा जान्छौं, तर विश्वासको मत दिन्नौं

कोशीमा कांग्रेसले भन्यो- आवश्यक परे मध्यावधिमा जान्छौं, तर विश्वासको मत दिन्नौं

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा सञ्‍चारकर्मीसँग नेता थापाले वर्तमान सरकारलाई विश्वासको मत नदिने स्पष्ट पार्दै आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जाने बताएका हुन् । ‘प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानू ठूलो कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं ।’ उनले भने । 

एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेशमा गठबन्धन दलबीच सहमतमै नयाँ सरकार बन्ने पनि उनको भनाइ छ।
 

Skip This
Skip This
Logo