जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको समूह चरणमा वेस्ट इन्डिजविरुद्ध नेपालका कुशल भुर्तेलले लिएको एक क्याच उत्कृष्ट क्याच घोषित भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बिहीवार भुर्तेलले लिएको एक क्याचलाई उत्कृष्ट क्याच घोषित गर्दै निसान उत्कृष्ट क्याच अफ द विकको अवार्ड दिएको हो । तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशलमार्फत गराएका थिए । उनले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएका थिए । तर, उक्त खेलमा नेपाल पराजित भएको थियो ।
समूह चरणबाटै बाहिरिएको नेपालले अब विश्वकप छनोटको प्लेअफमा युएईसँग खेल्ने भएको छ । नेपाल समूह ए को चौथो र युएई समूह बी को पुछारमा रहँदै प्लेअफमा भिड्नेछन् । खेल २ जुलाईमा हुनेछ । नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ समूह ए मा चौथो स्थानमा थियो । युएई समूह बी मा चारै खेलका साथ पुछारमा थियो ।





























प्रतिक्रिया