माईपे डिजिटल वालेटले एसईई पास गरेका विद्यार्थीलाई मासिक ५ हजारसम्म छात्रवृत्ति दिने

माईपे डिजिटल वालेटले एसईई पास गरेका विद्यार्थीलाई मासिक ५ हजारसम्म छात्रवृत्ति दिने

केन्द्रबिन्दु
0
Shares

माईपे डिजिटल वालेटले मासिक ५ हजार रूपैयाँसम्मको ‘माई फर्स्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। युवाहरुमाझ लोकप्रिय यस वालेटले एसईई पास भएका १०० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्ने भएकाे हाे ।

एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए । ‘नवीन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्’, उनले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिनसके डिजिटल नेपालको सपनालाई साकार पार्नसमेत सहयोग मिल्थ्यो।’ 

प्रमुख कार्यकारी अधिकृत मेहताले यस कार्यक्रम सुरुवात गर्न पाउँदा निकै उत्साहित रहेकोसमेत बताए। 

यस छात्रवृत्ति कार्यक्रममा जम्मा १०० विद्यार्थी लाभान्वित हुनेछन्। जसमा ९९ जना विद्यार्थीले मासिक रु. ५०० का दरले १ वर्षसम्म र १ जना विद्यार्थीले मासिक रु. ५ हजारका दरले १ वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्। यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीले माईपे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फर्म भर्नुपर्नेछ। फर्म भर्नका लागि रु. १० शुल्क लाग्नेछ। देशैभरिका विद्यार्थी यस योजनामा सहभागी हुन सक्नेछन्। 

छात्रवृत्तिमा छनौट भइसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाणसमेत पेस गर्नुपर्नेछ। आवेदन अवधि साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ। 

Skip This
Skip This
Logo