सांसदहरुले खेल्ने भूमिका प्रभावकारी हुनुपर्छः सभामुख घिमिरे

सांसदहरुले खेल्ने भूमिका प्रभावकारी हुनुपर्छः सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिभाका सभामुख देवराज घिमिरेले सांसदहरुले खेल्ने भुमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित प्रतिनिधि सभाका महिला सांसदको प्रशिक्षण कार्यक्रममा सभामुख घिमिरेले सांसदहरुले कानूनको कार्यान्वयनमा पनि खेल्नुपर्ने भुमिकाबारे सचेत हुनु पर्ने बताएका हुन् । 

उनले भने, ‘आफूहरुसँग धेरै जिम्मेवारी र चुनौती भएको हुनाले त्यो कार्य व्यवस्थिततरिकाले गर्न सक्नु पर्छ,संसदले खेल्ने भुमिका के हो र त्यसको गरिमालाई कसरीकायम गर्ने भन्ने कुरालाई प्राथमीकतामा राख्नु पर्छ । बनेका कानुनलाई कार्यन्वयन गराउन संसदले खेल्नुपर्ने भुमिकाहरुको बारेमाथाहा हुनुपर्छ ।’ 

सभामुख घिमिरेले जनताको भावनालाई संसदमा प्रस्तुतगर्नु पर्ने र सबै व्यवस्थाहरुलाई कार्यन्वयन गर्नु पर्ने बताए। उनले जनताको भावना र आकांक्षालाई पूरा गर्नको लागि संविधानको माताहतमा ऐन कानुन बनाएर जिम्मेवारी लिनुपर्ने पनि प्रष्ट पारे । 

Logo