नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले पार्टी सुषुप्त भएर चौतर्फी आलोचना खेपिरहँदा दुई जना उपसभापतिलाई मन्त्री बन्नुपर्ने आवश्यकता नरहेको र उक्त कुरा आफूलाई चित्त नबुझेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले गरेको दुई दिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक नेतृत्वलाई सम्हाल्नुपर्ने समयमा दुई जना उप–सभापतिमन्त्री बनेको भन्दै कडा शब्दमा असन्तुष्टि पोखे ।
उनले भने, ‘मलाई के कुरामा चित्त बुझेको छैन् भने, अहिलेको अवस्थामा सर्वत्र पार्टीप्रति चोर औंलो ठडिँदै गर्दा पार्टी सुषुप्त भैराखेको छ भनेपछि म सोध्न चाहन्छु, हाम्रा दुई/दुई जना उपसभापतिलाई मन्त्रीमाजान के आवश्यकता थियो ? एक जनाउपसभापतिले नेतृत्व गरे पुग्दथ्यो ।चाहे त्यो एक नम्बरले गरेको होस् या दुई नम्बरले तर, एक जनाले पार्टी रुग्नु पथ्र्यो । किन यसो गरिदैँन ?’
सहमहामन्त्री आङदेम्बेले महामन्त्रीद्वयलाई व्यङ्य गर्दै महाधिवेशनको एक वर्ष पुग्दा समेत युवाले नेतृत्व गरेको पार्टीको आभाष दिलाउन नसकेकोले समीक्षा गर्नुपर्ने बताए ।‘हिजो पन्ध्रौं महाधिवेशनमा पुग्दै गर्दा खेरि अनुभवी उमेरहरुको सम्मानजनक विदाई गरेर युवा उमेरले पन्ध्रौ महाधिवेशनको नेतृत्व गर्छौ भनेको होनि त, अधिवेशन सकिएको एक वर्ष पुग्दा पनि त्यो अनुभूति हाम्रा उमेरहरुलाई दिनसके कि छैन यसको खोजी गर्नुपर्छ ।’आङ्देम्बेले भने ।





























प्रतिक्रिया