माधव नेपालकाे असन्तुष्टि- ‘सरकारले विकास निर्माणमा गति लिन सकेन’

माधव नेपालकाे असन्तुष्टि- ‘सरकारले विकास निर्माणमा गति लिन सकेन’

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाअनुसार विकास निर्माणको कामले गति लिन नसकेको टिप्पणी गरेका छन् । 

शनिवार काठमाडौंमा ६५औं संसद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकारले जनताको अपेक्षाअनुसार विकासमा गति नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

उनले भने, ‘जनताको अपेक्षाअनुसार विकास निर्माणको कामले गति लिन सकेको छैन् । शासन प्रशासन चल्न सकेको छैन, भ्रष्टाचार अहिले पनि व्याप्त छ। ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ। जनताको प्रतिनिधिको हैसियतले सांसदहरूले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।’

देशमा स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भई अगाडि बढ्नुपर्ने उनको भनाई छ । 

अध्यक्ष नेपालले वर्षमा एक दिन संसद दिवस मनाएर मात्र नहुने भन्दै संसदको गरिमा जोगाउन विभिन्न कार्यक्रम हुनुपर्ने बताए । 

Skip This
Skip This
Logo