काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका छन् । नेता पौडेलले शनिबार गण्डकी प्रदेशका काँग्रेस नेता तथा कार्यकर्तासँग गरेको भर्चुअल बैठकमा उनले वर्तमान सरकारले राष्ट्रियताको सवालमा कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका हुन् ।
नेता पौडेलले वर्तमान सरकारले वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रिएर भारतसँग वार्ताको वातावरण बिगारेको आरोपसमेत लगाए । “वर्तमान सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको छ”, उनले भने।
वरिष्ठ नेता पौडेलले काँग्रेसको १४ औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शङ्का नगर्न आम नेता कार्यकर्तालाई आग्रहसमेत गरे । फागुनमा महाधिवेशन गर्न पर्याप्त समय रहेको उनको भनाइ थियो । काँग्रेसको क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने वरिष्ठ नेता पौडेलले बताए।































प्रतिक्रिया