पछिल्लो १४ महिनायता काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको चर्चा निकै चल्ने गरेको छ । नचलोस् पनि किन स्थानिय चुनाव जित्दै मेयर बनेपछि बालेन शाहले प्रतिज्ञा गरेका हरेक कार्यहरु एकपछि अर्को गर्दै पूरा गरिरहेका छन् ।
काठमाडौं महानगरको फोहोर व्यवस्थापनलाई मुल नारा बनाएर चुनाव जितेका मेयर बालेन कहिले सिंहदरबारको फोहोर नउठाएर, कहिले सुकुम्बासी बस्ति हटाएर त कहिले डोजर चलाएर चर्चामा आइरहन्छन् । हरेक दिनलाई परिवर्तनको दिन मान्दै अघि बढिरहेका मेयर बालेनले पुनः एकपटक अर्को चमत्कारिक कार्य गरेका छन् ।
मेयर बालेनले बिजुली बजारमा रहेको आर्कब्रिजमा सयौं फूलहरु रोपेर सडक नै मनमोहक बनाएका छन् । अहिले सडकमा हिँड्ने मानिसहरु रोकिएर फोटो खिच्ने, सेल्फि लिने, टिकटक बनाउने काम गरिरहेको देख्न सकिन्छ । सयाैँको संख्यामा राखिएका फूलहरु असारे झरीमा निकै मनमोहक देखिरहेका थिए ।
एक लाख विरुवा रोप्ने अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १२० वटा कपुरका विरुवा रोपिएका थिए । फुटपाथको गमलामा विभिन्न प्रजातिको विरुवा रोपेसँगै सडक आर्कषक देखिएको छ । धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर शहरकाे हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयासमा मेयर बालेन लागिपरेका छन् ।





























प्रतिक्रिया