रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै

रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन्। आमाजस्तै सुन्दर र निर्दोष देखिने राशा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन्। राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन्।

हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर अब राशाले अभिषेक कपुरको फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् भन्ने पुष्टि भएको छ।

राशा  थडानीको यो डेब्यु फिल्म एक्सन–एड्भेन्चर फिल्म हुनेछ, जसको छायांकन छिट्टै सुरु हुँदैछ। यस फिल्मबाट अजय देवगनका भतिजा अमन पनि राशासँग डेब्यु गर्दैछन्। फिल्ममा अजय देवगन पनि रहने बताइएको छ।

फिल्मको नाम भने खुलाइएको छैन तर सन् २०२४ को फेब्रुअरी–मार्चसम्ममा रिलिज हुने बताइएको छ। समाचार अनुसार यो ९ फेब्रुअरी २०२४ मा रिलीज हुन सक्छ।

राशि थडानी भर्खर १८ वर्षकी भएकी छिन् र उनले यसै वर्ष स्नातक गरेकी छिन्। राशा राम्रो डान्सर पनि हुन्। आमा रविना टण्डनसँगको उनको तस्बिर सामाजिक सञ्जालमा प्रायः देखी नै रहन्छ। अमनको कुरा गर्दा उनी अजय देवगनकी बहिनी नीलमका छोरा हुन्।

अमनलाई अभिनयको मन छ र उनी चलचित्रमा काम गर्न चाहन्छन्। अभिषेक कपुरले यी दुबै स्टार किड्सलाई लन्च गर्ने जिम्मेवारी लिएका छन्। यसअघि अभिषेकले साराअली खानलाई फिल्म केदारनाथमा लन्च गरेका थिए।

Logo