समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौँः प्रधानमन्त्री प्रचण्ड

समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौँः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताएका छन्। नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि कम्युनिष्ट पार्टी एकताको दिशामा अगाडि बढ्ने उद्घोष गरेका हुन्। 

उनले भने,‘अहिले क. माधव कुमार नेपाल, म लगायत,क. विप्लव र क. उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं।’

उनले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने बताए। केपी ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको उनको भनाई थियो । तथापि भएको कमजोरीबाट सिकेर नयाँं चिराबाट एकताको दिशामा अगाडि वढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।

प्रधानमन्त्री प्रचण्डले स्मृति दिवसको अवसरमा  नारायण विलास जोशी प्रतिष्ठान भवनको उद्घाटन एवम् प्रतिमा अनावरणसमेत गरेका छन्।

Skip This
Skip This
Logo