बागमती प्रदेशसभा बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने छ। आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेन। यसअघि गएको बिहीबार पनि विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो।
२ बजेका लागि बोलाइएको आइतबारको बैठक २ घण्टा ढिलो गरी ४ बजे सुरु भएको थियो। बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध गरेका थिए।
उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो। आइतबार साँझ साँढे पाँच बजे पुनः बस्ने गरी स्थगित गरिएको बैठक बस्न नसकेपछि सोमबार बिहान ११ बजे आव्हान गरेको हो।





























प्रतिक्रिया