इजरायलले अमेरिकासँग ३ अर्ब डलरमा लडाकु विमान खरिद गर्ने

इजरायलले अमेरिकासँग ३ अर्ब डलरमा लडाकु विमान खरिद गर्ने

केन्द्रबिन्दु
0
Shares

इजरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ। 

इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ।लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा एफ–३५ विमानको संख्या बढेर ७५ पुग्नेछ। यस सम्झौतामा अमेरिकाबाट आएको आर्थिक सहयोग प्रयोग गरिने अधिकारीहरूले बताएका छन्। इजरायल पहिलो देश हो, जसलाई अमेरिकाले एफ ३५ विमान दिएको छ।

उत्पादनमा संलग्न अन्य अमेरिकी कम्पनीहरूमा विमान इन्जिनको लागि कनेक्टिकट आधारित प्र्याट र ह्विटनी समावेश छन्। रक्षा मन्त्रालयले विमानहरू अमेरिकी सैन्य सहयोगमा खर्च भइरहेको बताएको छ।

Logo