नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा नेपालले सिंगापुरविरुद्ध जितका लागि १८५ रनको लक्ष्य दिएको छ।बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए।कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौँथो विकेटका रूपमा ४२ रनमा आउट भए। कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए।

Logo