प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ। बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ।
बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो।सो समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेकोले आजदेखि सर्वसाधारण तथा संस्थापक शेयरधनी दुवैले आवेदन दिन सक्नेछन्।
उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ।





























प्रतिक्रिया