दलित समुदायको अपमान गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न सांसदकाे माग

दलित समुदायको अपमान गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न सांसदकाे माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा सांसद राधेश्याम पासवानले सिरहा जिल्ला भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारवाही गर्न माग गरेका छन् । 

सोमवार राष्ट्रियसभाको बैठकमा सांसद पासवानले अध्यक्ष यादवले दलित समुदायमाथि अपमानित व्यहार गरेको र मुद्दा दर्ता भईसक्दा पनि कारवाही नभएको भन्दै कारवाही गर्न माग गरेका हुन् । 

उनले भने, 'सामूहिक भोजमा दलित समुदाय र मुस्लिम समुलायलाई छुट्टाछुट्टै भोज खुवाईयो पटकपटक सदनमा पनि भन्यौं । मानवअधिकार आयोग दलित आयोगबाट अनुसन्धानहरु गरेर मुद्दा दर्ता गरियो तर हालसम्म कारवाही हुन सकेको छैन सम्बन्धित प्रशासनलाई समेत कारवाहीको माग गर्दछु ।'

साथै दाङको तुलसीपुरमा दलित विद्यार्थीलाई जात थाहा पाएपछि डेराबाट बाहिर निकालिएको भन्दै दलित समुदायले कहिलेसम्म अन्याय सहनुपर्ने हो भनेर प्रश्न गरे ।

Logo