दिपाको समर्थन केकीलाई भारी, आलोचनाको शिखरमा अभिनेत्री अधिकारी

दिपाको समर्थन केकीलाई भारी, आलोचनाको शिखरमा अभिनेत्री अधिकारी

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ को कारण थलिएको देश विगत केहि महिनादेखि लक डाउनको अवस्थामा छ । देश नै सुनसान भएको अवस्थामा पनि कहिले राजनीति क्षेत्र त कहिले कला क्षेत्रका केहि विषयहरुले सामाजिक संजाल निकै ततायो ।

यहि भाइरल विषयहरु मध्येको एउटा विषय हो महानायक काण्ड । हास्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले एक अन्तर्वार्तामा अबको समयमा अभिनेत्री राजेश हमाललाई महानायक भनिरहनु जरुरी छैन भन्ने अभिव्यक्ति दिएपश्चात भाइरल भएको यो अभिव्यक्ति पश्चात उनीसँग दर्शकहरु मात्र नभई चलचित्रकर्मीहरु पनि रुष्ट बने । हुँदाहुँदा अहिले दिपाश्रीको मात्र नभई दिपालाई समर्थन गर्ने हर कोहीको आलोचना हुन थालेको छ । जसमा पछिल्लो समय अभिनेत्री केकी अधिकारी परेकी छिन् ।

केकीले दिपाको समर्थनमा सामाजिक संजालमा एक स्टाटस राखेकी छिन् जसमा लेखिएको छ- ‘बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो। सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो। म एकछिन घोत्लिए अनि सोचेँ, गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यस्मा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफल चाहिँ किन हुनु भो ? ल त्यो पनि पचाउने प्रयास गरुला , अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो । यो त पराकाष्ठा नै भैगो नि । गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त। अनि थाहा पाइपाइ यत्रो अपराध गरिदिने ? हामीलाई त्यस्तो अनुमती छ र ? यहाँ कुनै दीपा, पूजा , बर्षालाई गल्ती गर्ने छुट छैन है। भन्देको छु नि । मान्छे बन्ने कोशिस नगर्नु। ल आमा तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है। मैले त्यस्तो केही लेखेको छैन। हाम्रो समाजकै समर्थनमा लेखेकी छु। मैले मरनासन्न हुने गरि गाली खान्न होला। मेरो चरीत्र जोगिन्छ होला।

उनको यस स्टाटसपछि दिपालाई समर्थन गरेको भनेर मात्र होइन उनको समर्थनमा बोल्न आफ्नी आमाको प्रयोग गरेको र अरु अभिनेत्री  भन्दा धेरै पढेकी भएपनि बौद्धिकताको प्रयोग नगरी महिला भएको कारणले दिपा आलोचित हुनुपरेको कुरा लेखेकी भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरु झन् धेरै रुष्ट बनेका छन् भने उनको कमेन्ट बक्स पुरै आलोचनाका शब्दहरुले भरिएका छन् ।

Logo