यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।  जसअनुसार, नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य ७० रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।
  
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, राजमा सिमी ७०, भटमासकोशा ९०, मकै बोडी ९०, तितो करेला १००, लौका ८०, परवल लोकल ८०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ५०, घिरौंला ८०, भिण्डी १००, स्कूस ५०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो १५०, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ।

आज, तोरीको साग ४०, रायो साग ८०, हरियो प्याज ८०, हरियो लसुन ८०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।  त्यस्तै, फूजी स्याउ केजीको ३००, तरबुजा हरियो ८०, मालदह आँप ७०, मौसम २००, अंगुर हरियो ३८०, मेवा १००, लिच्ची नेपाली १००, किवी ८५० रुपैयाँ, अनार ३८०, केरा दर्जनको १५०, नासपाती लोकल ८० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।  

Skip This
Skip This
Logo