संसदीय समितिको सभापति छिट्टै चयन गर्नेमा शीर्ष नेताहरुबीच जुट्याे सहमति

संसदीय समितिको सभापति छिट्टै चयन गर्नेमा शीर्ष नेताहरुबीच जुट्याे सहमति

केन्द्रबिन्दु
0
Shares

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति जुटेको छ।

मंगलबार सभामुखको कार्यकक्षमा बसेको सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा सहमति जुटेको हो ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी भएका थिए ।  

Skip This
Skip This
Logo