आफ्नो लकडाउन दैनिकी बारे के भन्छन् राजेश हमाल ? (भिडियोसहित)

आफ्नो लकडाउन दैनिकी बारे के भन्छन् राजेश हमाल ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महानायक राजेश हमालले आफ्नो २५ वर्ष लामो अभिनय यात्राले नै नेपाली चलचित्र उद्योगको आधार तयार गरेको हुँदा पछिल्लो समयमा आएर आफ्नो आलोचना गरिनु हाँस्यास्पद रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो करियरको सुरुवातमा नेपाली चलचित्र उद्योगको जुन अवस्था थियो, त्यो आफैंमा मनन योग्य छ । एक पछि अर्को चलचित्र बन्ने आशा समेत शून्य भएको समयबाट करियर सुरु गरेको र पछि कयौं फिल्ममा अभिनय नगरेको भए हाम्रो सिनेमा उद्योग यहाँ सम्म आइपुग्नेमा शंका थियो ।’

महानायक हमालले आफूले हरेक चलचित्र निर्माता तथा निर्देशकको आग्रहलाई स्वीकार गर्दै, अधिकांश चलचित्रमा समय दिएर नै थुप्रै चलचित्रकर्मीहरूको जन्म भएको र थुप्रै चलचित्रकर्मीहरूले स्थान पाएको कुरा भुल्नु भनेको अध्ययनको अभाव रहेको उल्लेख गरेका छन् ।

नेपाली चलचित्र उद्योगका लागि हिजो, आज र भोलि सधैं सकारात्मक रहेको र आवश्कता अनुसार आफ्नो उपस्थिति कायमै रहने बताउँदै हमालले कोही कसैले व्यक्तिगत कुण्ठा पोख्ने वा अरूलाई होच्याउने कार्य नगर्न आग्रह गरेका छन् । यससँगै बरु अरुको कुरा काट्न भन्दा पनि आफू कसरी माथि जान सकिन्छ वा कसरी राम्रो गर्न सकिन्छ ? त्यसको बारेमा सोच्न सल्लाह दिएका छन् ।

यसपटक हमालसँग हामीले लकडाउनले उनको व्यक्तिगत जीवनमा पारेको प्रभाव तथा भविष्यका आगामी योजनाहरुका बारेमा रमाइलो कुराकानी गरेका छौं । केन्द्रबिन्दुसँगको कुराकानीमा त्यस्तो के भने त उनले ? हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo