रेखा थापाको चलचित्रमा एलिना चौहानको पार्श्व गायनमा डेब्यू

रेखा थापाको चलचित्रमा एलिना चौहानको पार्श्व गायनमा डेब्यू

केन्द्रबिन्दु
0
Shares

रेखा फिल्म्सको व्यानरमा निर्माण हुने नयाँ चलचित्रको पहिलो गीत रेकर्डिङ भएको छ। 

गुरु पुर्णिमाको अवसर पारेर शंकर अधिकारी घायलको शब्द, बाबुल गिरिको संगीत र एलिना चौहान र बाबुलको स्वर रहने गीतको रेकर्डिङ गरिएको हो। याे एलिनाको पार्श्व गायनमा डेव्यू हो। पहिलोपटक चलचित्रमा गीत गाउने अवसर पाउँदा आफू उत्साहित र नर्भस रहेको प्रतिक्रिया दिएकी छन् । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने अनटाइटल चलचित्रमा अभिनेत्री रेखा थापा र पूजा शर्माले सहकार्य गर्ने भएका छन् । चलचित्रको बाँकी तीन वटा गीतहरुमा संगीतकार अर्जुन पोखरेलले संगीत सृजना गर्दैछन् । कमर्सियल यस चलचित्रको साउनको दोश्रो साताबाट छायाँकन सुरु गर्ने तयारी भएको छ । 

Logo