भारतलाई साफ च्याम्पियनसिपको उपाधि

भारतलाई साफ च्याम्पियनसिपको उपाधि

केन्द्रबिन्दु
0
Shares

भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै भारतले उपाधि उचालेको हो। 

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।  शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए। लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भए।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो।समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए।भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।

Logo