प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
बुधबार संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको बताएका हुन् । सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको उनको भनाई छ ।
‘राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो । साह्रै भएन ।’ उनले भने ।
एमाले, रास्वपा र राप्रपाका सांसदहरुले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । तर, एक घण्टा वित्दा पनि सुरु हुन सकेको छैन । विपक्षी सांसदहरुले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने अडान लिएका छन् ।





























प्रतिक्रिया