ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट श्रेष्ठ र रेग्मीको इजलासमा

ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट श्रेष्ठ र रेग्मीको इजलासमा

केन्द्रबिन्दु
0
Shares

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट आज  सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को हिरासतमा रहेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट दर्ता गरिएको रिट सुनुवाइका पेसी तोकिएको हो । 

उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै सारिएको थियो । गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

Skip This
Skip This
Logo