प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रिय सभाबाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सम्बन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।
आजै सो विधेयकमाथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
































प्रतिक्रिया