काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भारतीय गुलामहरूले देश चलाउँदै गरेको आरोप लगाएका छन्। ‘सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन्’ भनी प्रश्न समेत गरेका छन्।
उनले लेखेका छन्,‘भारतीय गुलामहरूले देश चलाउँदैछन् र म मात्र विरोधमा? र म मात्र अदालतको अवहेलनामा? सबै जना मरेका लाशहरु हुन्?’उनले सामाजिक सञ्जालमार्फत आफूहरूलाई पुष्पकमल दाहाल‘प्रचण्ड’भन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको बताएका छन्।‘हामीलाई प्रचण्ड ज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लायो’,बालेनले लेखेका छन्,‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा।’































प्रतिक्रिया