कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
पहिलो चरणमा थापाले एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक-एक जनालाई मन्त्री नियुक्त गरेका छन् नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनार मन्त्री बनेका हुन्।




















