कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदरको माग गर्दै एमाले अदालत जाने

कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदरको माग गर्दै एमाले अदालत जाने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ।

प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडिएको भन्दै आपत्ति जनाउँदै आएको एमाले आज अदालतको ढोका ढकढक्याउन जाने एमाले कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले बताए।

‘सभामुखले दल त्याग गरेर स्वतन्त्र भईसकेपछि सत्तारुढ गठबन्धनले सभाुखलाई जोडर दाबी पेस गर्नु संविधान र कानूनको विपरीत हो। असंबैधानिकरुपमा गरिएको नियुक्ति बदरका लागि एमालेले कानूनी लडाँई लड्ने निर्णय गरेको छ ’सांसद अधिकारीले भने।

Logo